दमक/लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वान का डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री, निवर्तमान गर्भनर अनन्त भेटवाल, पुर्व गर्भनर लिला ढुंगेल, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन टंक बहादुर श्रेष्ठ र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन रेवत बहादुर कार्की लगायतका शिर्ष नेतृत्व दमकमा आएको हो ।
दमकस्थित थकाली भान्सा घरमा यस क्षेत्रका क्लवका अध्यक्ष तथा लायन्स अगुवाहरुसंग आउदा दिनमा गर्ने कामहरु लगायतका बिषयमा छलफलका लागि लायन्सका उच्च लिडरहरु दमक आएको बताईएको छ ।
सेवाको क्षेत्रमा प्रभावकारी काम गर्न र लायन्स अभियानलाइ सार्थक तुल्याउनका लागि स्थानीय स्तरमा गरिने कृयाकलापहरुको बिषयमा पनि छलफल हुने जनाईएको छ । लायन्सका उच्च लिडरहरुलाइ दमकका लायन्स क्लवहरुले स्वागत गरेका थिए ।










