झापाको विर्तामोडका होटलमा नावालिकाहरुलाई यौनधन्दामा लगाउने तीन जना होटल सञ्चालक जेल चलान भएका छन् । रातोपाटीअनलाइनले लेखेको छ ।

झापा प्रहरीले गत जेठ २२ गते गरेको अनुगमनमा ५ जना नावालिकालाई उद्धार गर्नुका साथै तीन जना होटल सञ्चालकलाई पक्राउपछि वालबालिका सम्बन्धि ऐन २०७५ वमोजिम मुद्दा दायर गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुर्पक्षका लागि कारागार चलान भएकाहरु सुनसरी धरान जोरसखुवा घर भई झापाको विर्तामोडमा प्रतिक्षा होटल एण्ड लजमा कार्यरत अभिषेक तामाङ, झापा विर्तामोड नगरपालिका –५ हिकोला रोडमा रहेको मनशान्त होटलका सञ्चालक किरण भन्ने कुमार तामाङ र विर्तामोड नगरपालिका १ का नविन विश्वकमर्मा भन्ने रत्नबहादुर विश्कर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेश मैनालीले जानकारी दिए ।

प्रहरीले मनिका होटल एण्ड लजका निश्चल विश्वकर्मा भन्ने राम पोर्तेल र फरार रहेकाले उनीहरुको समेत खोजी कार्य जारी रहेको जनाएको छ ।

सांकेतिक तस्विर