काठमाडौं । अफगानिस्तानमा भएको झडपमा चार प्रहरीसहित ६ को ज्यान गएको छ । फराह प्रान्तमा प्रहरी र तालिबानबीच भएको दोहोरो गोली हानाहानमा ६ जना मारिएको बताइएको छ । तालिबानहरुले प्रहरी चौकीमा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो । भिडन्तमा दुई प्रहरी र चार तालिबान घाइते भएका छन् ।

अफगानिस्तानको फराह प्रान्तमा तालिबानीहरु विगतदेखि नै सक्रिय रही आएका बताइन्छ । यो पछिल्लो झडपको विषयमा उनीहरुले कुनै प्रतिक्रिया नदिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय