अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब डलर जरिवाना तिराएको छ । फेसबुकले अहिलेसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका हुन् ।

अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी०का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको हो ।

यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ र यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकर्बर्गको नियन्त्रण हुनु हुने छैन ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको आरोपको छानबिन गरेको थियो । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना गरिएको बताएको बीबीसीले जनाएको छ ।

यस अघि गएको अक्टोबरमा क्याम्ब्रिज एनालिटिकाको डाटा विवादमा फेसबुकको भूमिकालाई लिएर बेलायतको डेटा संरक्षणबारे हेर्ने निकायले फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले अब गोपनीयतामा ध्यान दिने प्रतिक्रिया दिएका छन् । उनले विगतका कमीकमजोरी पनि सच्याउँदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।–उज्यालो अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah