शनिबार दक्षिण कोरियाको एउटा रात्री क्लबको माथिल्लो छानो खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै दक्षिण कोरियाली नागरिक भएको पहिचान भएको छ । रोयर्टसका अनुसार दुर्घटनामा घाइते हुने अन्य भने धेरैजसो विदेशी छन् । दुर्घटनाको समय क्लबमा ‘वल्ड एक्वेटिक च्याम्पिएनसिप(विश्व जल प्रतियोगिता)’मा सहभागी हुन दक्षिण कोरिया आएका कयैन विदेशी खेलाडी पनि थिए । उनीहरुमध्ये धेरै घाइते छन् । उद्दारकर्मीका अनुसार कूल १० मानिस घाइते छन् ।

 

अधिकारीहरुले घाइतेमध्य कति जना खेलाडी भएको तथ्यांक भने दिएका छैनन् । दुर्घटना स्थानीय समय अनुसार विहान २ बजे थियो । ‘हामीहरु नाचिरहेका थियौं । लगत्तै उभिएको छानो पाँच, ६ मिटर तल झर्यो । त्यसपछि मानिसहरु भागदौड गरिरहेका थिए,’ न्युजील्याण्डका पानीमा खेलिने पोलो टिमका क्याप्टेन म्याट स्मलले भने ।

 

‘हामी तलका अरु मानिसको टाउकोमा झरेका थियौं ,’ उनले न्युजील्याण्डको रेडियो स्पोर्टलाई भने ,‘ घाइतेमध्य केहीको अवस्था चिन्ताजनक थियो,’ म्याटले भने । सियोलबाट ३३० किमी टाढा रहेको ग्वाङजुमा दुई हप्तादेखि प्रतियोगिता आयोजना भइरहेको थियो । पौडी, पानीमा खेलिने पोलो र डाइभिङ खेल समावेश प्रतियोगिता शनिबारनै समापन हुने कार्यक्रम थियो ।

 

ग्वाङजु प्रहरी अधिकारीले क्लबका दुई सह–संचालक र अन्य दुई कर्मचारीसँग नाइटक्लबको विस्तार र पुनरनिर्माणबारे प्रश्न गरिरहेको बताएका छन् । घाइते भएका खेलाडि धेरै जसो पानीमा खेलिने पोलोका सदस्य भएको पुष्टि भएको छ र ती अष्ट्रेलिया, न्यु जील्याण्ड, अमेरिका र ब्राजिलका छन् । महिलाको पानीमा खेलिने पोलो खेल भने शुक्रबारनै समापन भइसकेको छ । त्यसमा अमेरिकाले स्पेनलाई हराएर स्वर्ण पदक जित्यो र स्पेन रजतमै चित्त बुझाउनु परेको थियो । उता तेस्रो स्थानको लागि भएको खेलमा अष्ट्रेलियाले हंगेरीमाथि जित हासिल गरेर कास्य पदक कब्जा गर्यो । अष्ट्रेलियाको पानीमा खेलिने पोलोका खेलाडी क्लबमा भए पनि सकुशल रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर