काठमाडौं – चीनको फुझोउ चाङ्ले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा एउटा एसयूभी पुगेपछि उडान भर्न लागेको विमान झण्डै त्यसमा ठोकिएको छ । विमानस्थलको सीसीटीभी क्यामरामा कैद भएको भिडियो हेर्दा एसयूभी लापरवाहीका साथ धावनमार्गमा पुगेको देखिन्छ । घटना सोमवार भएको हो । विमानलाई उड्नका लागि धावनमार्ग खाली गराउन एसयूभी चालकले तीव्र गतिमा नहाँकेपनि भिडियो सकिने बेलामा एसयूभी धावनमार्ग पारि पुग्छ ।

 

भिडियोमा देखिएअनुसार, सेतो विमान कुनाबाट आएर धावनमार्गमा आइपुग्छ ।  उससँगै एउटा बस पनि धावनमार्गमा आइपुग्छ एसयूभी अघिल्तिर हुन्छ भने बस पछिपछि आइरहेको हुन्छ । विमान भने उड्नका लागि ठिक्क परेको हुन्छ । विमानबाट अलि परै बसको गति घट्छ अनि चालकले इन्जिन बन्द गर्छन् तर एसयूभीका चालक चाहिँ अघि बढिरहन्छन् ।

 

त्यसपछि एसयूभी विमानअगाडि गएर धावनमार्गपारि पुग्छ र पाइलटले ब्रेक लगाउनुपर्ने हुन्छ । एसयूभीले विमानको बाटोबाट पर गएपछि गति घटाउँछ र एउटा पोस्टनजिक पुगेपछि रोकिन्छ । विमानस्थल अधिकारीहरूका अनुसार, उक्त एसयूभी ग्राउन्ड सपोर्ट भेहिकल हो । घटनाको अनुसन्धान भइरहेको र यसलाई गम्भीरताका साथ लिइएको अधिकारीहरूको भनाइ छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय