
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कभरी च्यानलको एडभेन्चर शो म्यान भर्सेस वाइल्डमा देखिने भएका छन् । यो शो अगस्ट महिनाको राति सबा ९ बजे डिस्कभरी च्यानलबाट प्रसारण गरिनेछ । शोको टीजरमा मोदीले शोका होस्ट बेयर ग्रिल्ससँग एड्भेन्चर गरेको देखिन्छ ।
ग्रिल्सले ट्वीट गरेर शोका बारेमा जानकारी दिएका छन् । शोलाई १८० देशका मानिसले हेर्ने उनले बताए । मोदीले अहिलेसम्म नदेखाएको रूप यसमा देखिने उनको भनाइ छ । वन्यजन्तुको संरक्षण र वातावरणमा आइरहेको परिवर्तनका विषयमा मानिसहरूलाई जागरुक बनाउने उद्देश्यले मोदी भारतकै जंगल पुगेका हुन् ।
People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi @DiscoveryIN on August 12 @ 9 pm. #PMModionDiscovery pic.twitter.com/MW2E6aMleE
— Bear Grylls OBE (@BearGrylls) July 29, 2019
यो शो पहिलोपटक १३ वर्षअघि प्रसारण गरिएको थियो । यसमा खास गरी जंगलमा बाँच्ने कला (सर्भाइभल स्किल) मा फोकस गरिन्छ । शोमा सामान्यतया होस्टलाई कुनै ठाउँमा फसेको देखाइन्छ । त्यहाँ उसले बाँच्नका लागि अनेक तरिका अपनाउनुपर्छ । ट्विटरमा टीजर जारी भएपछि मानिसमा यसप्रति उत्सुकता बढेको छ । एजेन्सी