काठमाडौं – पाकिस्तानको रावलपिण्डी शहरमा मंगलवार बिहान पाकिस्तानी सेनाको एक विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । घटनामा १७ जना मारिएको पुष्टि भइसकेको छ । १२ जना घाइते भएको बताइएको छ । केही घाइतेको हालत गम्भीर छ । मर्नेहरूको संख्या बढ्न सक्ने बताइएको छ । पाँच सैनिक मारिएका छन् ।

 

पाकिस्तानी सेनाले एक बयान जारी गरेर दुर्घटनामा विमानका दुवै चालक मारिएको बताएको छ । दुर्घटनापछि रावलपिण्डीका अस्पतालहरूमा संकटकाल घोषणा गरिएको छ । पाकिस्तानी सेनाको मुख्य कार्यालय रावलपिण्डीमा दुर्घटनापछि उद्धार कार्य बढाइएको छ ।

 

दुर्घटनाको कारणका बारेमा सेनाले केही खुलाएको छैन । यो विमान प्रशिक्षण उडानमा रहेको सेनाको भनाइ छ । रावलपिण्डीको बाहिरी क्षेत्रमा रहेको मोरा कालु गाउँमा विमान दुर्घटनाग्रस्त भएको हो । विमान खसेपछि आवासीय क्षेत्रमा आगो लागेको छ । अनेकौं घर ध्वस्त भएको सूचना छ । उद्धारकर्मीहरूले बताएअनुसार, विमानले अचानक नियन्त्रण गुमायो र दुर्घटनाग्रस्त भयो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर