संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतोमकी श्रीमतीहरुमध्ये एक राजकुमारी हया बिन्ट अल हुसेन पहिलोपटक बेलायतमा देखिएकी छिन्। गत जुनमा हुसेनले देश छाडेकी थिइन्। देश छाडेर भागेको भन्दै प्रधानमन्त्री शेखले हुसेनविरुद्ध बेलायती अदालतमा मुद्दा दायर गरेका थिए।
हुसेन आज डिभोर्स विशेषज्ञ मानिएकी वकिल फियोना स्याकलटनसँग बेलायको हाइकोर्ट जाँदै गर्दा पहिलोपटक सार्वजनिक रुपमा देखिएकी हुन्। जोर्डनका पूर्व राजाकी बहिनी रहेकी हयाले दुबईका शासकसमेत रहेका श्रीमान शेखलाई छोडेर दुबईबाट लन्डन पुगेपछि यो विषय अदालतसम्म पुगेको ब्रिटिस मिडियाहरुले जनाएका थिए।
अर्बपति शेखले आफ्नी श्रीमतीविरुद्ध मुद्दा दायर गरेसँगै उनले आफ्नी हयाले छाडेर जानु कारण र शेखले हयासँगको व्यवहारका बारेमा अदालतमा बताउनुपर्ने भएको जनाइएको थियो।
शेखका श्रीमतीहरुबाट २३ छोराछोरीहरु रहेको टेलिग्राफले जनाएको छ। तीनै छोराछोरीमध्ये शिखा लटिफा आश्चर्य रुपमा दरबार फर्केपछि हयाले दुबई छाडेको हुन सक्ने अनुमान गरिएको छ। अदालतमा यी हाई प्रोफाइल जोडीबीच मुख्य रुपमा शिखा लटिफालाई लिएर नै बहस हुने बताइएको छ।
यस्तै शेख र हयाको तर्फबाट भएका दुई सन्तानको स्वामित्वलाई लिएर पनि बहस हुन सक्ने अनुमान गरिएको छ।
लटिफाले आफूलाई दरबारभित्र कैदीका रुपमा राखिएको भन्दै २०१८ मा डुंगाबाट हुँदै संयुक्त अरब इमिरेट्स छोडेकी थिइन्। उनलाई पछि भारतको जलसेनाको टोलीले फेला पारेको थियो। गत डिसेम्बरमा उनले आफ्नो परिवार सहित नयाँ भिडियो पोस्ट गरेकी थिइन्।
अदालतमा बहसका क्रममा लटिफाले त्यो बेला लगाएको आरोपका बारेमा पनि चर्चा हुन सक्ने भएकाले यसलाई संयुक्त अरब इमिरेट्सको राजकिय परिवारको इज्जतसँग जोडिएको विषय रहेको बताइएको छ।
राजकुमारी हया बेलायतमा रहेको इमराती शाही परिवारको ५८ मिलियन युरो पर्ने घरमा बसिरहेको अनुमान गरिएको थियो।