दमक/ लायन्स क्लव अफ लखनपुरका अध्यक्ष, दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य एवं दमकका लोकप्रीय युवा ब्यवसायी ज्ञानु पौड्यालले आफ्नो जन्मदिन कमल गाँउपालिका केर्खास्थित मुक्तेश्वर शिवालय मन्दिरको गुरुकुलका बिद्यार्थीहरुलाइ सहयोग गरेर मनाएकाछन् ।

शैक्षिक सामाग्रि र खाजा सामाग्रि उपलब्ध गराएर उनले बुधबार आफ्नो जन्मदिन फरक रुपमा मनाएकाहुन् । उनको जन्मदिनमा लायन्स लिडरहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

लायन्स लिडरहरु अजय अग्रवाल, प्रहर क्षेत्री, धर्मानन्द भट्टराइ, बिमल शर्मा, प्रमोद शर्मा लगायतको उपस्थितिमा भएको कार्यक्रममा लायन्स लिडर समेत रहेका शिवालय मन्दिरका अध्यक्ष रामचन्द्र बरालले परोपकारका लागि यहाँ सहयोग गर्न आग्रह गरेका थिए ।

नैतिक तथा सस्कृत शिक्षा पढ्न यहाँ दैनिक २५ भन्दा बढि बिद्यार्थीहरु आउने गरेको बताईएको छ । लायस्न लिडरहरु अग्रवाल र क्षेत्रीले जन्मदिन मनाउने यो शैली अनुकरणिय भएको भन्दै प्रशंशा गरे ।

लायन्स क्लव अफ लखनपुरका सचिब रामचन्द् मिश्रले सञ्चालन गरेको कार्यक्रममा पंण्डित दुर्गा खतिवडाले पौड्यालको प्रशंशा सहित आर्शिबाद दिएका थिए । पौड्यालले यहाँ सहयोग गर्न पाउदा गर्व लागेको जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय