दमक/दमक ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुखको रुपमा आएका दधिराम दाहालको सरुवा भएको छ । उनले ट्राफिक ब्यवस्थापनको क्षेत्रमा दमकमा आशलाग्दा केहि काम गर्न थालेका थिए ।

लामो समयदेखि ट्राफिक भवन बनाउने भनिएपनि शुरु हुन सकेको थिएन । उनको कार्यकालमा नै यो शुरु भएको थियो । अहिले निर्माणको कामले तिब्रता पाइरहेको जनाईएको छ ।

दाहालले दमकमा रहदा यस क्षेत्रका जनप्रतिनिधि, यातायात ब्यवसायी लगायत सरोकारवाला पक्षहरुले आफुलाइ सहयोग गरेको जनाउदै सबैप्रति आभार प्रकट गरेकाछन् ।

दमक बजार छिर्ने सडकमा एकतर्फी पार्कको ब्यवस्था समेत उनले नै गराउन सफल बनेका थिए । दाहाल २ नम्बर प्रदेशको जनकपुरमा सरुवा भएकाहुन् । उनि विहिबार त्यहाँ हाजिर हुन पुग्ने बताइन्छ ।

राजश्व उल्लेख्य बृद्धि

यसैबीच टाफिक प्रहरी कार्यालय दमकले ८४ लाखभन्दा बढि राजश्व संकलन गरेको थियो । ट्राफिक नियम बिपरित सवारी चलाउनेहरुबाट जरिवाना बापत यो राजश्व संकलन भएको हो ।

 

दहालका अनुसार ८४ लाख रुपिया राजश्व संकलन भएको छ । यो भन्दा अघिल्लो बर्ष ६६ लाख ५१ हजार ५ सय रुपिया राजश्व संकलन भएकोमा यो पटक बढेको दहालले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय