दमक/ लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र सेविकाको बृक्षारोपण र स्विट सिटीको स्टेशनरी बितरण कार्यक्रम शुक्रबार बेग्लाबेग्लै कार्यक्रमबीच सम्पन्न भएको छ ।

 

माउण्ट एभरेष्ट र सेविकाले दमक ९ स्थित अनाथ तथा बृद्ध आश्रम परिसरमा बिभिन्न फलफुल प्रजाती सहितका विरुवाहरु रोपेको क्लवका अध्यक्ष मनोज अग्रवालले बताएकाछन् ।

 

यसैगरी लायन्स क्लव अफ दमक स्विट सिटीले श्री शहिद धर्मभक्त माबि केर्खाका बिपन्न बिद्यार्थीहरुलाइ कापी वितरण गरेको क्लवका अध्यक्ष खेम सापकोटाले बताएकाछन् ।

 

कार्यक्रममा लायन्स लिडर अजय अग्रवाल, प्रहर क्षेत्री, धर्मानन्द भट्टराइ, रामचन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय