पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन्।

आज पत्रकार सम्मेलन गर्दै हिमानीले पूर्व औहरी अग्नीपीडित, पश्चिम खरा बाढीपीडित तथा कैलाली महेन्द्रनगर र सुर्खेतका पीडितहरुलाई यो कोषबाट सहयोग दिने हिमानीले जनाएकी छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०७२ सालको भूकम्पमा पनि हिमानी ट्रष्टबाट जनताको सेवा गरेको भन्दै उनले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सेवा गर्ने घोषणा गरेकी हुन्।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्रको सन्देशहरुको संग्रहबाट बिक्री भएको रकम पनि पीडितहरुलाई खर्च गरिने भएको छ। नेपाललाइभ