काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले गत असार १८ गते सार्वजनिक गरेको नर्सहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा नेपाल र भारतका गरी २ सय १४ वटा कलेजमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । तीमध्ये धेरैजसो कलेजको नतिजा शून्य आएको छ ।

 

काउन्सिलले सार्वजनिक गरेको नतिजा अनुसार समग्रमा उक्त परीक्षामा ६५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । परीक्षामा जम्मा १ हजार ५ सय १९ विद्यार्थी सहभागी थिए । जसमा ९ सय ७४ जना फेल भए भने १८ जना अनुपस्थित । उक्त परीक्षामा पास हुनेको संख्या जम्मा ५ सय २६ मात्र छ ।

 

काउन्सिलले लिने नर्सिङ परीक्षामा एक पटक मात्र होइन १४ पटकसम्म फेल भएका छन् । यो तथ्यांकले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नर्सिङ सेवाको गुणस्तरप्रति नै गम्भीर प्रश्न उब्जाएको छ । पछिल्लो समय नर्सिङको नतिजा कमजोर आउन थालेपछि यसको गुणस्तरका विषयमा बहस सुरु हुन थालेको छ।

 

नेपाल नर्सिङ काउन्सिलले वर्षको तीन पटक लाइसेन्स परीक्षा लिन्छ । यो नतिजा यो वर्षको पहिलो परीक्षाको हो । बाँकी दुई परीक्षा आगामी कात्तिक र चैतमा हुनेछ । कात्तिक र चैतमा हुने परीक्षामा सहभागि हुने विद्यार्थीको संख्या निकै धेरै हुन्छ।

यसपटक परीक्षामा सहभागि भएकामध्ये कुन कलेज पढेका विद्यार्थी कति पास र कति फेल भए त? काउन्सिल स्रोतले उपलब्ध गराएको तथ्यांक हामीले यहाँ प्रस्तुत गरेका छौं। स्वस्थिय खबर बाट साभार 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah