#

मानवता मरेको छैन है, अपांगता भएकी बिरामी महिलालाइ रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिपको सहयोग

  विष्णुप्रसाद पोखरेल   २०७६ श्रावण २०, सोमबार १७:०५ मा प्रकासित

दमक/ अकालमा नै रोगले छोरो र बुहारी गुमाएर हाल एकल जिबन ब्यतित गर्दै आएकी एक एकल महिलालाइ खाद्यन्न सहयोग गरिएको छ । कमल गाँउपालिका वडा नं. ६ मा बसोबास गर्दै आएकी एक अपांगता भएकी एकल महिलालाइ रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चाँपागाइ (दिपु)ले दैनिक आवश्यक खाद्यन्न सहयोग गरेकाछन् ।

शारिरिक अपांगता भएकी विष्णुमायाँ घिमिरेलाइ चामल, दाल, भुजा, सातु लगायतका अत्यआवश्यकीय सामाग्रिहरु चापागाइले उपलब्ध गराएकाहुन् । वडाध्यक्ष नरेन्द्र भट्टराइको उपस्थितिमा चापागाइले यो सामाग्रि उपलब्ध गराउदा स्थानीयले मानवता अझै पनि मरेको रहेनछ भन्दै खुसि प्रकट गरेका थिए । सरसफाइका लागि साबुन लगायतका सामाग्रि पनि उनले प्रदान गरेका थिए ।

सो अवसरमा भट्टराइले पनि महिलाको यो अवस्थाबारे थाहा नपाएको जनाउदै आगामि दिनमा वाडले पनि सक्ने सहयोग गर्ने बताए । उनले रोटरी क्लवको सहयोगको प्रशंशा गरे । उनले वडा कार्यालयले उनको स्वास्थ्य बिमा गरिदिएको समेत जानकारी दिए । नेपाल मुटु लगायतको रोगबाट पीडित रहेकीछन् । उनको एउटा हात राम्रोसंग चल्दैन ।

उक्त सामाग्रि हस्ताण्तरण कार्यक्रममा चापागाइकी श्रीमति तमना निरौला चापागाइ, रोटरी क्लव अफ दमकका पुर्व अध्यक्ष नविन श्रेष्ठ, सचिब राजु गौतम लगायतको उपस्थिति रहेको थियो । घिमिरेले आफु विरामी पर्दा गाँउघरकाले पानी तताएर दिने गरेको र जीबन ब्यतित गर्न मुश्किल भएकाबेला दिएको यो सहयोगप्रति आभार प्रकट गरेकी थिइन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु