नेपाली काँग्रेस दमक नगर समितिले आफ्नो दैनिक कार्यालय सञ्चालन तथा पार्टी गतिबिधि गर्नका लागि अक्षयकोषको निर्माण गरेर सार्वजनिक गरेको छ । आइतवार अक्षयकोषको उद्घाटन पूर्व अर्थमन्त्री समेत रहेका काँग्रेस नेता डा. रामशरण महतले गरेकाछन् ।

पार्टीका कार्यक्रम गर्दा तथा कार्यालय सञ्चालनका लागि सधै अर्काको हात थाप्नु पर्ने तथा भ्रष्टाचार नै गर्नु पर्ने अवस्थासम्म हुने भएकाले त्यो हुन नदिन अक्षयकोष निर्माण गरिएको दमक नगर सभापति रोशन बिष्ठले बताए । अहिले उक्त अक्षयकोषमा १० लाख रुपिया पुगेको समेत बताइएको  छ । अहिलेसम्म पूर्वमा यसरी राजनीतिक दलहरुले कार्यालय सञ्चालनका लागि कहि पनि अक्षयकोष निर्माण गरेकाछैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली काँग्रेस दमक नगरका सचिब प्रकाश प्रशाइले यो कार्यले अब सबैलाइ नयाँ प्रकारको चेतना भएको बताए । उनले युवाहरुको काम गर्ने नयाँ सोचको उदाहरण यो पनि एउटा भएको बताए ।

नगर समिति सहसचिब दीपेश दाहालले नेपाली काँग्रेस दमकलाइ हरेक दृष्टिले नयाँ रुपमा लैजानका लागि आफूहरु लागि परेको जनाए । युवाहरुको सोच नयाँ र समयसापेक्ष हुने भन्दै यो कामको सबैबाट राम्रो प्रशंशा पाएको जनाए ।