
आजभन्दा ७४ वर्ष अघि आजकै दिन सन् १९४५ अगस्ट ६ तारिखमा जापानको हिरोशिमा शहरमा अमेरिकी वायुसेनाले परमाणु बम खसालेको थियो । यसको नाम ‘लिटिल ब्वई’ राखिएको थियो । उक्त बम बिस्फोटमा हिरोशिमामा २० हजार बढी सैनिक मारिए भने लगभग डेढ लाख सर्वसाधारणको मृत्यु भयो । अमेरिकाको एक हवाई जहाजले जापानको हिरोशिमा शहरमा पहिलो परमाणु बम खसाल्यो । तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी.एस.ट्रूम्यानले अटलान्टिक महासागरबाट उक्त बम अहिलेसम्म प्रयोगमा ल्याइएको सबैभन्दा ठूलो बमभन्दा दुई हजार गुणा बढी शक्तिशाली र २० हजार टन क्षमता भएको घोषणा गरे । हिरोशिमा जापानी सेनालाई रासन आपूर्ती गर्ने विभिन्न केन्द्रमध्येको एक हो ।
४३ सेकेन्डभित्र नष्ट भएको थियो शहरको ८० प्रतिशत भागः सन् १९४५ को अगस्ट ६ तारिखमा बिहान ८ बजेर १६ मिनेटमा जमिनभन्दा ६ सय मिटर माथि बिस्फोट भएको बमले ४३ सेकेन्डभित्र शहरको ८० प्रतिशत केन्द्रीय हिस्सा तहसनहस पारेको थियो । १० लाख सेल्सियस तापक्रम भएको आगोको एउटा गोला तीब्र रुपमा फैलियो जसले १० किलोमिटरको दायरामा आएको हरेक चीजलाई खरानी पार्यो । शहरका ७६ हजार घरमध्ये ७० हजार घर तहसनहस भए । ७० हजार देखि ८० हजार मानिसको तत्काल मृत्यु भयो । यस्तै परमाणु विकिरणका कारण हज्जारौं मानिसहरुले वर्षौंपछि पनि आफ्नो ज्यान गुमाइरहे ।
पहिलो एटम बमका महत्वपूर्ण तथ्यः हिरोशिमामा खसालिएको परमाणु बमका कारण १३ वर्ग किलोमिटरको क्षेत्रमा विध्वंश मच्चिएको थियो । शहरको ७० प्रतिशत बढी भवन नष्ट भएका थिए । त्यतिबेला जापानले हमलामा मृत्यु हुने नागरिकको आधिकारिक संख्या १ लाख १८ हजार ६ सय ६१ बताएको थियो । पछि अनुमानका अनुसार हिरोशिमाको कूल ३ लाख ५० हजार जनसंख्यामध्ये १ लाख ४० हजार मानिसहरु यसमा मारिएका थिए । यसमा सैनिक र ती व्यक्तिहरु पनि समावेश थिए जो पछि परमाणु विकिरणका कारण मारिए । धेरैजसो मानिसहरु दीर्घ रोग र अपांगताका पनि शिकार भए । यो बम इनोला गे भनिने अमेरिकी विमान बी–२९ सुपरफोट्र्रेसबाट खसालिएको थियो ।
बम हमलासम्बन्धि थप जानकारीः – यो हमलापछि २ लाख व्यक्तिमाथि आज पनि रेडिएशनको असर बाँकी छ ।
– अमेरिकी एयरफोर्सका जवानले हमला अघि मानिसहरुलाई चेतावनी दिनका लागि पर्चा खसालेका थिए ।
– परमाणु हमलामा केही पुलिसकर्मीले एटोमिक चमक देखिएपछि विशेष तरिकाले लुकेर आफ्नो ज्यान बचाएका थिए । यो प्रक्रियालाई ‘डक एंड कभर’ भनिन्छ । यी पुलिसकर्मीले नागासाकी गएर यसरी बच्ने तरिकाबारे जानकारी दिए जुन अपनाएर नागासाकी परमाणु हमलामा धेरै मानिसहरुले आफ्नो ज्यान बचाए ।
– हमलाका कारण शहरका ९० प्रतिशत डाक्टर मारिएका थिए जसका कारण घाइतेको उपचा। चाँडै सम्भव हुन सकेको थिए । यसै कारण पनि मृत्यु हुनेको संख्यामा अत्यधिक वृद्धि भयो ।
– बिस्फोटपछि ३ हजार ९ सय डिग्री सेल्सियस तापक्रम गर्मी र एक हजार पाँच किमी प्रति घण्टा गती भएको आँधी पैदा भयो । यो बममा ६.४ किलोग्राम प्लुटोनियम पनि थियो ।
– लिटिल बोयको तौल ४ हजार चार सय किलोग्राम थियो ।
–बम हिरोशिमाको निश्चित स्थानमा खसाल्न सकिएको थिएन । यसलाई हिरोशिमाको आइयो ब्रिज नजिकै खसाल्ने योजना थियो तर उल्टो दिशामा बगरिहेको हावाका कारण यो आफ्नो लक्ष्यबाट हटेर सीमा सर्जिकल क्लिनकमा खसेको थियो ।