२८ भदौ, काठमाडौं । नेपाली जुत्ताघरमा सञ्चालित जुत्ता तथा चप्पलको समर सेल मेला भदौ ३० गते सकिने भएको छ । नेपाली जुत्ताघरको आयोजनामा गर्त वर्षदेखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहत समरसेल मेला यस वर्ष पनि असार २० गतेदेखि शुरु गरिएको हो ।

नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, नमस्ते सुपरमार्केट, बुद्ध मल बालाजुस्थीत आफ्नै बिक्री कक्षमा सञ्चालन गरिएको छ ।

गुणस्तरिय स्वदेशी जुत्ता चप्पलहरु ५० प्रतिशत सम्मको बिशेष छुट र बिशेष सहुलियत सहित विक्री भइरहेको छ । सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर वि·स, टाकुरा सुज, इजी शुज र शुल्याण्ड गरी १० वटा ब्राण्ड सहभागी छन् ।

मेलामा करिब १ लाख देखी १ लाख ५० हजारले अवलोकन गर्ने र करीव ४० देखि ५० हजार जोर जुत्ता चप्पल बिक्रि गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय