#

खराबी पत्ता लगाउनेलाई ११ करोड ३० लाख नेपाली रुपयाँको पुरस्कार घोषणा

  साभार   २०७६ श्रावण २५, शनिबार १२:२१ मा प्रकासित

एजेन्सी, चर्चित मोबाइल फोन उत्पादक कम्पनि एप्पलले आफुले उत्पादन गरेको आइफोनमा खराबी पत्ता लगाउनेलाई दशलाख अमेरिकी डलर अर्थात् ११ करोड ३० लाख नेपाली रुपयाँको पुरस्कार घोषणा गरेको छ । उसले त्यो रकम साइबर सेक्युरिटी रिसर्चको नाममा छुट्याएको हो ।
समाचारहरुमा जनाइए अनुसार ह्याकरबाट आफ्नो उत्पादनलाई बचाउनकोलागि घोषणा भएको यो रकम अहिलेसम्मको सबैभन्दा ठुलो राशी हो । कतिपय मुलुकहरुमा त्यहाँको सरकारले पत्रकार तथा मानव अधिकारबादीको मोबाइलमा गर्ने जासुसी बढिरहेको बेला यस्तो घोषणा उत्पादक कम्पनीले गरेको छ ।
यसअघी यस्तै प्रकारको अनुसन्धानको लागि केवल दुई लाख अमेरिकी डलरको मात्र राशी घोषणा भएको थियो । बिहिबार लासएन्जल्समा गरिएको यो घोषणा संगै म्याक सफ्टवेरमा पनि कमजोरी पत्ता लगाउनेलाई पुरस्कार दिने कम्पनीले जनाएको छ ।
स्मरण रहोस्, एनएसओ ग्रुप नाम गरेको एक इजरायली निजी कम्पनीले विभिन्न देशका सरकारलाई ह्याकिंग प्रविधि र क्षमता बिक्रिगर्दै आएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु