काठमाडौं, २५ साउन । करेन्ट लागेर हात–खुट्टा गुमाएका कृष्ण वलीलाई केहि समय अघिसम्म हिंड्न परैको कुरा उठ्न समेत श्रीमती रुपाको सहारा चाहिन्थ्यो ।

तर, अहिले कृष्ण आफै हिंड्न सक्ने भएका छन् । करेन्टले गुमेको खुट्टाको शल्यक्रिया गरेपछि अहिले उनी कृत्रिम खुट्टाले हिंड्न सक्ने भएका छन् । उपचारका क्रममा भारतको मुम्वईमा रहेका कृष्ण अहिले विस्तारै विस्तारै श्रीमती रुपाको सहारा विना पनि उठ्न र थोरै यात्रा गर्न सक्ने भएका छन् ।

अहिले उनी रुपासँग मुम्बई घुमफिर गरिरहेका छन् । उनी आफै हिंड्न सक्ने भएको खबरले उनको उपचारका लागि देश–विदेशबाट सहयोग गरेकाहरुलाई समेत खुशी बनाएको छ ।

अहिले रुपा र कृष्णलगायत स–परिवार उपचारको शिलशिलामा मुम्बईमा छन् । उनीहरु बिगत साउन पहिलो सातादेखि कृष्णका हात हाल्न मुम्बईमा पुगेका हुन् ।

उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्नेबारे एकिन भइनसकेको जनाइएको छ । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक सञ्जालमार्फत उनीहरुले सार्वजनिक गर्दै आएका छन् ।

कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहरा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले मुम्बई घुमिरहेका छन् । अब उनका दुवै हातहरु जोडिने छन् र एक दिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृष्य हेर्न देश–बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् ।

अमूल्य शरीर गुमाएका कृष्ण साङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् । २१ वर्षको उमेरमा करेन्ट लागेर हात खुट्टा गुमाएका कृष्ण वली रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–९ का हुन् । उनकी जीवन संगिनी रुपा काभ्रेकी हुन् । उनको उपचार सहयोगका लागि देश–विदेशबाट करोड भन्दा माथि रकम संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah