#

६० जनाको घटनास्थलमै ज्यान गयो, ७० भन्दा बढी जलेर घाइते पेट्रोल ट्याङ्कर विस्फोट हुँदा

  एजेन्सी   २०७६ श्रावण २६, आईतवार ०७:१६ मा प्रकासित

दार एस सलाम / पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ ।

प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ । “हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ,” प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए ।
उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन् । जलेर घाइते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटना भएको हो । एउटा मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर पल्टिएको हो । ट्याङ्कर पल्टिएपछि ट्याङ्करबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृत्यु भएको हो । साभार purbelinews.com बाट

यो पनि पढ्नुहोस

टिन्स क्रियू डान्स सेन्टर धनकुटाको आयोजनामा जारी पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री अन्र्तगत नृत्य र गायन प्रतिष्पर्धाको धनकुटा जिल्ला अडिसन आज सम्पन्न भएको छ ।

पहिलो चरणको अडिसन अनुसार आज धनकुटाको तल्लो टुडिखेलमा भएको प्रतिष्पर्धामा ७१ जनाले सहभागीता जनाएकोमा जिल्लावाट गायन तर्फ २८ र नृत्य तर्फ २२ गरी ५० जना छनौट भएको आयोजकले जनाएको छ ।

छैटौ चरण सम्म सञ्चालन हुने अडिसनको दोश्रो चरणको अडिसन भदौ १४ गते धनकुटा सामुदायीक भवनमा हुनेछ । पहिलो चरणमा छुटेकाहरुले भदौ १० गते सम्म पूर्वाञ्चल गट ट्यालेन्टको अफिसियल फेसवुक पेजमा अनलार्यन फाराम भर्न सक्ने सेन्टरका संयोजक सुमन योगीले जानकाी दिनुभयो ।

आजको अडिसनमा सेँन्टरका संयोजक योगी र गायक सूर्य वालिङ निर्णयक मण्डलमा रहनुभएको थियो । भने नेपालेली भाष संस्कृती कलाकेन्द्र नेपाल सि आर सि का अञ्जना ताम्लि र मिना राई र समाजसेवी सूरेन्दै पौडेल लयगात आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिती थियो ।

यसअघि भोजपुर,संखुवासभा,तेह्रथुम,झापा,सुनसरी ईटहरी, मोरङ विरानगर लगायतका स्थानमा भएका अडिसनवाट नृत्य तर्फ ४० र गायन तर्फ ४० गरी जम्मा ८० जना छनौट भैसकेकाछन् । प्रतियोगितामा गायन र नृत्य दुवै तर्फ प्रथम स्थान हासिल गर्नेले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने ५ लाख वरावरको जीवन वीमा पनि गर्न पाउने छ ।

त्यस्तै दोश्रो हुनेले दुईलाख वरावरको जीवन वीमा र आकर्षक गिफ्ट ह्याम्पर पाउने र उत्कृष्ट फाईनलिष्टले म्यूजिक भीडियो खेल्न पाउने आयोजकले जनाएको छ । भाग्यशाली फाईनलिष्टलाई सिंगापुर ट्रिपमा लगिने छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु