साउन २६, २०७६
काठमाडौं – इटलीको काम्पानिया क्षेत्रमा रहेको भोल्टुरारा इर्पिना शहरमा रहेको पहाडमा भीरबाट लडेर अप्ठ्यारो ठाउामा अड्किएको एक गाईलाई उद्धारकर्ताहरूले उद्धार गरेका छन् ।

निकै मिहिन योजना बनाएर चलाइएको कारवाहीमा इटलीका आपतकालीन उद्धारकहरूले गाईलाई हेलिकप्टरमा बाँधेर सुरक्षित स्थानमा ल्याउन सफल भएका थिए ।
उद्धारको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अग्निनियन्त्रकहरूको एक समूह अक्करे भीरमा गएको अनि डोरी झारेर गाईनजिक पुगेको देखिन्छ । लडेको गाई निकै कमजोर भएको देखिन्छ ।

गाई जहाँबाट लडेको हो त्यतै धचेडेर माथि लग्नुभन्दा पनि उक्त समूहका अर्का एक व्यक्तिले माथि उडिरहेको हेलिकप्टरलाई डोरी झार्न लगाउँछन् ।

केही बेरपछि थकित गाईलाई हावामा उचालिएको थियो । गोडाले भुइँ छोडेपछि गाईले खुट्टा फालेको थियो ।

केही समयपछि गाईलाई एउटा फूटबल मैदानको सुरक्षित स्थानमा झारिएको छ । हेलिकप्टरले गाईलाई हलुकासँग भुइँमा राख्छ । शक्ति क्षीण भएको गाई खुट्टामा उभिन नसकेपछि तत्कालै लड्छ ।

भिडियोको अन्त्यमा उद्धारकर्ताहरूले छक्क परेको गाईका कान सुम्सुम्याएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah