दमक/उद्योग वाणिज्य संघमा अघिल्लो पटक झै स्वतन्त्र उम्मेद्वारीको बिषयमा समेत भित्रभित्रै बहस शुरु भएको पाईएको छ । राजनीतिक र्पाीका नेता पिच्छेले आफ्नो उम्मेदवार खडा गर्ने र ब्यापारीको चाहाना बिपरीत राजनीतिक हस्तक्षेप बढ्न थालेपछि यस्तो संकेत देखिएको छ ।

वाणिज्य सघमा अहिले नेतृत्व गरिरहेका पदाधिकारीहरुमध्ये नै कसैले नेतृत्व गरेर अघि बढ्ने हिसावले तयारी भएको पाईएको हो । सहकर्मीबीच नै इमान्दारिता नभएको, बिगतको प्रतिबद्धतता पुरा नगरेको र राजनीतिक हावि भएको भन्दै स्वतन्त्र उम्मेदवारका लागि केहि संघका पदाधिकारीहरुलाइ ब्यवसायीले दवाव दिएको पाईएको हो ।

अघिल्लो पटक राजनीतिक हस्तक्षेप बढि भएका कारण स्वतन्त्र उम्मेदवारी आएको थियो । यो पटक पनि राजनीतिक हस्तक्षेप र बेइमानी हुन लागेकाले स्वतन्त्र उम्मेदवारी जरुरत देखिएको छ, बिगतमा स्वतन्त्रलाइ सघाएका एक अगुवा ब्यसायीले भने ।

स्वतन्त्रको प्यानल बनाएर कार्यालय खडा गर्ने अन्तिम तयारी भएको सम्बद्ध श्रोतको दाबी रहेको छ । ब्यानर र नारा तय भइसकेको छ, स्वतन्त्र ब्यवसायी प्यानल खडा गर्न लागेका एक ब्यवसायीले भने ।

वाणिज्य संघको साधरणसभा आउन केहि समय बाँकी रहदा समेत चुनावी माहोल नआउनुमा राजनीतिक दलहरु नै हावि हुनु भएको बताइन्छ । वाणिज्य संघलाइ पार्टीको भातृसंगठन बनाउने र आफु अनुकुलको मान्छे राख्न खोज्ने प्रवृती रहेको भन्दै आलोचना हुन शुरु गरेको छ ।

 

अघिल्लो पटक संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै स्वतन्त्र उम्मेद्वारी घोषणा भएको थियो र अध्यक्ष सहितको पदाधिकारीहरु उनिहरुले नै जितेका थिए । संघलाइ राजनीतिमुक्त बनाएर ब्यवसायीको बनाउने प्रमुख मुद्धा जितपछि ओझेलमा परेको ब्यवसायीहरु बताउछन् ।

 

 

संघलाइ राजनीतिक हस्तक्षेपमुक्त बनाउने भन्दै अघिल्लो पटक यसरी स्वतन्त्र उम्मेदवारी घोषणा भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah