दमक/रोटरी क्लब अब दमक र रोट्रयाक्ट क्लब अफ दमकको आयोजनामा आज साउने सोमबारको अन्तिम दिन पशुपति मन्दिर दमकमा प्रसादी सहित झक्तजनहरुलाइ स्वच्छ पानी वितरण भएको छ । सोहि अवसरमा रुद्राक्ष लगायतका विरुवाहरु समेत रोपिएको बताईएको छ ।
क्लवका अध्यक्ष सन्दिप चापागाइ (दीपु)का अनुसार साउने पहिलो सोमबारदेखि नै पानी वितरण हुँदै आएकोमा यो अन्तिम सोमबार चिया, खाजा तथा प्रसाद वितरण गरिएको हो ।
सोहि अवसरमा दमकका राजनीतिक तथा सामाजिक अगुवा राम थापा, ढुण्डिराज भण्डारी, मेघराज तिम्सिना, सन्तोष अधिकारी लगायतको उपस्थितिमा बृक्षारोपण गरिएको क्ल्वका सचिव झलराज गौतम (राजु)ले बताए ।
सोमबार नै पशुपति मन्दिर परिसरमा पहिला पाइला नामक संस्थाले पानी वितरण तथा सरसफाइ कार्यक्रम गरेको छ । सोमबार नै पशुपति मन्दिर परिसरमा पहिला पाइला नामक संस्थाले पानी वितरण तथा सरसफाइ कार्यक्रम गरेको छ । बाहिर भिक्षा माग्न बसेकाहरुलाइ विस्कुट समेत बितरण गरिएको बताईएको छ ।











