काठमाडौं – टर्कीको इस्तानबुलमा रहेको एक व्यस्त मेट्रो स्टेसनमा एकजना व्यक्तिलाई विद्युतीय भर्‍याङले निलिदिएको छ । च्यानल फाइभमा प्रसारित कार्यक्रम ईटन बाई यान एस्केलेटरमा उक्त घटनाको डरलाग्दो भिडियो देखाइएको छ । दिनदिनै प्रयोग गरिने यन्त्रहरू नियन्त्रणबाहिर गएपछि कसरी अव्यवस्था हुन्छ भन्ने कुरा वृत्तचित्रमा देखाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इस्तानबुलमा यात्रुहरूले बन्द भएको एस्केलेटरलाई सामान्य भर्‍याङ जस्तै गरी चढिरहेको बेलामा अचानक त्यो चल्न थाल्छ । एकजना व्यक्तिको गोडामुनि ठूलो प्वाल खुल्छ र त्यो व्यक्ति त्यसैभित्र पस्छ । उक्त व्यक्तिले रेलिङमा हात अड्याएर फुत्किने कोशिश गरेपनि ऊ भर्‍याङभित्र खसेर हराउँछ । त्यसको एक घन्टापछि उनलाई अस्पताल लगिन्छ । उनलाई सामान्य चोटपटक लागेको हुन्छ ।

https://video.dailymail.co.uk/preview/mol/2018/03/27/3147014267837563735/636x382_MP4_3147014267837563735.mp4

इस्तानबुल मेट्रोपोलिटन म्युनिसिपालिटीले नचलेको एस्केलेटरमा चेतावनीको संकेत राखेको भएपनि मानिसहरू त्यसमा चढेका थिए ।