नयाँ दिल्ली । क्रिकेटबाट विदा लिएर भारतीय सैनिकहरुसँग तालिम लिइरहेका धोनीले नयाँ व्यापारमा हात हालेका छन् ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सेकेण्ड हेण्ड कार बेच्ने कम्पनीमा लगानी गरेका हुन ।

सेकेण्ड हेण्ड कारको व्यापार गर्ने कम्पनी कार्स२४ मा धोनीले लगानी गरेको कम्पनीले विज्ञप्ती जारी गरेर जनाएको छ ।

सम्झौता अनुसार, धोनी कम्पनीमा लगानीका साथै ब्राण्ड एम्बेसडर पनि बन्नेछन् । एम्बेसडर वापत धोनीले शेयर पाउने भएका छन् । धोनीले कति लगानी गरे भन्ने कुरा भने कम्पनीले जनाएको छैन ।

कम्पनीको सहसंस्थापक र मुख्य कार्यकारी अधिकारी बिक्रम चोपडाका अनुसार धोनीको क्षमता जहिल्यै पनि नयाँ खोजी गर्ने र वर्षौंदेखिका समस्या समाधान गर्ने रहेको छ । त्यसैले उनी भारतीय इतिहासमा सबैभन्दा बढी रुचाईका कप्तान हुन ।

कार्स२४ को स्थापना वर्ष २०१५ मा भएको थियो । अहिले भारतमा कार किन्ने र बेच्ने सबैभन्दा ठूलो अनलाईन कम्पनीका रुपमा यसले विकास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय