साउन २९, २०७६

जनकपुरधाम – बिहीवार परेको जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा २ नम्बर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले हर्षाेल्लासका साथ पर्व मनाउन आग्रह गरेका छन् ।