सावित्री सुबेदी 

पटकपटक नाकाबन्दीको समस्या झेल्न पर्नुमा हामी नेपालीहरुको पनि दोष देखिन्छ,खासगरी सत्तामा बस्नेहरूको।
नेपाल-भारत सम्बन्धको इतिहास साक्षी छ-भारतलाई कुनै अति सामान्य कुरामा चित्त बुझेन भने पनि उसलाई रिस उठिहाल्छ र उसले हामीमाथि नाकाबन्दी गरिहाल्छ। यस्तो काम उसले विगतमा पटकपटक गरेको छ।
यस्तो जान्दाजान्दै पनि सारा व्यापार र पारवहनको मामिलामा उसैसँग निर्भर रहनु हाम्रो चरम कमजोरी हो।
हामीमा दीर्घकालीन सोचको अभाव नै देखिन्छ,विगतबाट हामीले केही सिकेनौं। हाम्रो काम गर्ने तौरतरिकामा पनि समस्याहरु छन्। मूलतः प्रधानमन्त्रीले हो नीतिनिर्मातामा नेतृत्व गर्ने तर हाम्रो देशमा एउटा यस्तो प्रणाली छ कि प्रधानमन्त्रीले ठण्डा दिमागले सोचर काम नै गर्न पाउँदैन ।
हाम्रो देशमा झण्डै २०० को हाराहारीमा त्यस्ता संघसंस्था वा अायोग छन्,जसको अध्यक्ष प्रधानमन्त्री हुन्छ। प्रधानमन्त्रीले सामान्यतय:अाफ्नो कार्यकालमा सबै अायोगको एक-एकवटा बैठक बसाल्न पनि भ्याउँदैन्। यति हुँदाहुँदै पनि सबै ठाउँमा प्रधानमन्त्री नै किन अध्यक्ष राख्ने ? यस्तो बेथिति हटाउनुपर्छ । ती विभिन्न स्थानमा सम्बन्धित बिषयमा गहिरो ज्ञान भएको विशेषज्ञ राख्नुपर्छ।
हामी सबैलाई थाहा छ २०४६ सालपछि नेपालको अविकासको एउटा प्रमुख कारण राजनैतिक अस्थिरता हो।
हाम्रो देशमा प्रधानमन्त्री नै पूरा समय सरकारमा टिक्न पाउदैनन् । उसले सुरु गरेका दीर्घकालीन योजनाहरु बीचमै अलपत्र पर्दछन्।
यो कमजोरी हटाउन हामीले देशको प्रमुख कार्यकारीलाई तुलनात्मक रुपमा स्थिर बनाउने परिपाटी कायम गर्नैपर्छ ।
हाम्रो भावी सन्ततिले नाकाबन्दी जस्तो नियति भोग्न नपरोस् वा कसैले हामीमाथि नाकाबन्दी लगाउने अाँट नै नगरोस् भन्नेतिर पाईला चाल्नुपर्दछ।
यसका लागि देशलाई अाधारभूत रुपमा अात्मनिर्भर बनाउने र पारवहनका लागि चीन लगायतका अन्य मुलुकहरुसँग सम्बन्ध बिस्तार गर्नुपर्छ।
निवर्तमान प्रधानमन्त्रीले पारवहन सुविधाका लागि छिमेकी चीनसँगको सम्झौता गरेर भारतमाथिको एकोहोरो निर्भरता अन्त्य गर्ने प्रयास गर्नुभएको छ,यसलाई सकारात्मक रुपमा लिनुपर्दछ।
हामी जो जुनसुकै परिवेशबाट अाएका भए पनि मुलुक र जनताको सेवा नै गर्ने हो।
वीर पुर्खाले बचाइदिएको मुलुकको सार्वभौमसत्ता,स्वतन्त्रता र अखण्डताको रक्षाका लागि युवा पुस्तालाई हातेमालो गर्दै अग्रसर हुन अाग्रह गर्दछु।
#जयनारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय