दमक/ झापाको दमक ६ स्थित बजारमा रहेको साधना सहकारी संस्थाको ८ औ बार्षिक साधरणसभा सम्पन्न भएको छ । शुक्रबार दमक उद्योग बाणिज्य संघको सभाहलमा साधरणसभा सम्पन्न भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमममा जिल्ला सहकारी संघ झापाका सदस्य प्रेम कोइराला, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, सहकारीका पुर्व अध्यक्ष तथा दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

सहकारीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार २ सय ५६ शेयर सदस्य सहकारीमा रहेकाछन् । संस्थाको कुल चुक्ता शेयर पुंजी १ करोड २० लाख ९५ हजार ७ सय रहेको बताईएको छ ।