काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै चर्चित चलचित्रहरुमा हभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो ।

उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।

उनका १ छोरा र छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।