अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएका छन् ।प्रत्यक्षदर्शीका अनुसार एक आत्मघाती हमलाकर्ताले खचाखच भरिएको रिसेप्सन हलमा आफूलाई बिस्फोटक पदार्थले उडाए ।

 

यो हमाल शहरको शिया बहुल इलाकामा भएको हो । प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा आफूहरुले घटनास्थलमा थुप्रैको शव देखेको बताएका छन् ।

 

सोसल मिडियामा सार्वजनिक गरिएका विभिन्न तस्बिरमा घटनास्थलबाहिर महिला विलाप गरिरहेको देख्न सकिन्छ । अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

 

आत्मघाती हमलाः

हालैका दिनमा अफगानिस्तानमा थुप्रै ठूला आत्मघाती हमला भएका छन् । यो महिना काबुलको बाहिरी इलाकामा एक पुलिस चौकीलाई निशाना बनाएर गरिएको ट्रक बम हमलामा १४ जना मारिएका थिए । यसमा १५० बढी मानिस घाइते भएका थिए ।

उक्त हमलाको जिम्मेवारी तालिबानले लिएको थियो । एकातर्फ जहाँ तालिबान र अमेरिकाबीच अफगानिस्तानमा युद्ध समाप्त गर्ने विषयमा वार्ता भइरहेको छ भने अर्कोतर्फ यस्ता ठूला हमला भइरहेको छ । रिपोर्टका अनुसार अमेरिका र तालिबान चाँडै नै शान्ति सम्झौताको घोषणा पनि गर्नसक्छन्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah