#

नेताका छोराको आ त्मह त्या, जसले केहि घण्टा अघि श्रीमतिलाइ भेटेका थिए

  साभार   २०७६ भाद्र २, सोमबार १२:५० मा प्रकासित

भारतीय जनता पार्टी (भाजपा) का आइटी सह–संयोजक कुमार विश्वजीतका छोराले शुक्रबार आ त्म ह त्या गरेका छन् ।

२६ वर्षका कुमार आशिष ‘टाटा मोटर्स’ को लागि काम गर्ने कम्पनी ‘अटोमेटिक एक्सेला’ मा काम गर्थे । आत्महत्या गर्नु एक घण्टा अघिमात्र उनी श्रीमतीलाई भेट्न उनको कलेज गएका थिए । त्यसपछि उनी आफ्ना साथीसँग एकछिन घुमे ।

त्यसपछि घर फर्किए र पंखामा झुण्डिएर आ त्म ह त्या गरे । उनलाई कथित रुपमा अटो सेक्टरमा आएको मन्दीका कारण उनको जागिर जाने हो कि भन्ने डर थियो ।

यद्यपि, उनले आफ्नी श्रीमती र साथीहरुलाई उनी तनाव भएको बारे सानो शंका पनि दिएनन् । उनले कुनै सुसाइड नोट पनि छोडेका छैनन् । अब पुलिसले उनको आ त्म ह त्याको वास्तविक कारण बारे पत्ता लगाउने कोसिस गरिरहेको छ ।

जमशेदपुरका एसपी सुभाष चन्द्र जाटले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘पुलिसलाई अहिले जति पनि कुरा थाहा भएको छ त्यसमध्ये एउटा कारण जब इनसिक्योरिटी (जागिरको विषयमा असुरक्षाको भावना) पनि छ । यद्यपि, उनी हिजो पनि अफिस गएका थिए । त्यसकारण आ त्म ह त्याको मूल कारण पत्ता लगाउन केही समय लाग्नेछ ।’

के जागिर जाने डर थियो ?

आशिषका पिता कुमार विश्वजीत पनि भाजपाका सदस्य हुनुका साथै टाटा स्टिलका लागि सम्झौतामा काम गर्दथे । उनका अनुसार आशिषको टिस्को नामको कम्पनीमा पनि तालिम पछि परीक्षण भइरहेको थियो ।

‘तालिमको प्रक्रिया पूरा गर्न थोरै कठिन छ । कर्मचारीलाई डर छ कि यदि परीक्षणमा फेल भए अर्को दिन उनीहरुको गेट पास बन्छ बन्दैन भन्ने डर हुन्छ । यस्तोमा उनीहरुलाई आफ्नो जागिरको पनि चिन्ता हुन्छ ।’

कुमार विश्वजीतले बीबीसीसँग भने, ‘केही दिन अघि घरमा हामीले मेरो जागिर खोसियो भने घर कसरी चल्छ भन्ने विषयमा छलफल गरेका थियौं । त्यतिबेला मेरो छोराले उनको जागिर पनि धरापमा भएको बताएका थिए ।’

‘तर यो नै उनको आ त्म ह त्याको कारण हो भनेर हामी किटान गर्न सक्दैनौं किनभने उनले परिवारका कोहीसँग पनि यसबारे कुराकानी गरेका थिएनन् । आशिषले आफ्नी श्रीमतीलाई समेत केही भनेका थिएनन् । त्यसकारण उनले अचानक आ त्म ह त्या किन गरे, यो भन्न मुश्किल छ ।’

स्तब्ध छिन् आशिषकी श्रीमतीः

कुमार आशिषकी श्रीमती ज्योति स्तब्ध छिन् । एक वर्षअघि मात्रै जून २०१८ मा आशिषसँग उनको प्रेम विवाह भएको थियो । अगस्ट ८ मा उनको जन्मदिन थियो ।

ज्योति जमशेदपुरको गोलमुरी अब्दुल बारी कलेजमा काम गर्छिन् । शुक्रबार बिहान १० बजे आफ्नो अफिस जानेबेला उनका श्रीमानले नै उनलाई कलेज छोडेका थिए र दिउँसो तीन बजे केही आवश्यक स्टेशनरी दिनका लागि उनी पुनः कलेज गएका थिए । त्यो नै उनीहरुको अन्तिम भेट बन्यो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु