#

प्रजातन्त्रका सेनानी स्व. मुगाधन राईकी धर्मपत्नी स्व. कृष्णकुमारीको सम्झना

  सवाल नेपाल   २०७६ भाद्र ४, बुधबार १६:०३ मा प्रकासित

दमक/प्रजातन्त्रका सेनानी स्व. मुगाधन राईकी धर्मपत्नी स्व. कृष्णकुमारीको पाँचौं बर्षको पुण्यतिथीमा झापा दमकका असाहय तथा विपन्न परिवारका १० जना ज्येष्ठहरुलाई लत्ता कपडा र खाद्यन्न सहयोग गरिएको छ । मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानको आयोजनामा दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक बृद्धाश्रममा विशेष कार्यक्रम गरी सो सहयोग हस्तान्तरण गरिएको हो ।

 

प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी संघीय सांसद महेन्द्रकुमारी लिम्बुको अध्यक्षता दमक नगरपालिकाकी उपमेयर गीता पौडेल अधिकारीको प्रमुख उपस्थितीमा भएको कार्यक्रममा ज्येष्ठ असहाय बृद्धबृद्धालाई पोशाक दिएर सम्मान गर्दै दिवाभोजन समेत गराइएको थियो ।

 

कार्यक्रममा प्रतिष्ठानका संरक्षक रोहित राई, रविन लिम्बु, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, तरुण दलका क्षेत्रीय सभापति एवम् युवा व्यवसायी नेता गोकूल श्रेष्ठ, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य मन्दरा पौडेल, मञ्चकी नगर अध्यक्ष एवम् दमक उद्योग वाणिज्य संघकी कार्य समिति सदस्य रमा लिम्बु, दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी दाहाल, क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकी लगायतले बृद्धबृद्धाहरुलाई सम्मान गरेका थिए ।

 

सो अवसरमा कार्यक्रमका वक्ताहरुले दमकमा सबैकी आमाको रुपमा रहेर यहाँको सामाजिक सेवामा विशिष्ट योगदान पुरयाएकी कृष्णकुमारी राई सबैका लागि प्रेरणाकी स्रोतक भएको चर्चा गर्दै उनको योगदानको स्मरण गरे । कार्यक्रममा सांसद एवम् स्व. कृष्णकुमारीकी छोरी महेन्द्रकुमारी लिम्बुले आफ्नो जिवनकालमा आमाले देखाएको बाटोमा सधैं लागिरहने बताइन् । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव पर्शुराम रिजालले गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु