काठमाडौं, भदौ ५
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । थाई एयरको नियमित उडानबाट उहा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे बुधबार दलहरुलाई जानकारी समेत गराउनु भएको थियो ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेता तथा कार्यकर्ताले विदाई गर्नुभयो । गत साउन १८ देखि २८ गतेसम्म स्वास्थ्य परीक्षण गराउनु भएका प्रधानमन्त्री ओलीलाई सोही बेला चिकित्सकले पुनः एक पटक परीक्षण गर्नुपर्ने सुझाएका थिए ।




