#

दमकमा शनिबार हुने रथयात्राको भब्य तयारी

  विष्णुप्रसाद पोखरेल   २०७६ भाद्र ५, बिहीबार १७:०४ मा प्रकासित

दमक/ झापाको दमकमा कृष्ण जन्मअष्टमीको अवसरमा पर्सि शनिबार निकाल्न लागिएको रथयात्राको तयारी पुरा भएको जनाईएको छ । राधाकृष्ण मन्दिरबाट शुरु हुने रथयात्राको आवश्यक सबै तयारी पुरा भएको रथयात्रा ब्यवस्थापन समितिका सचिव प्रेम भट्टराइले जानकारी दिए ।

 

प्रत्येक बर्ष दमकमा राधा माधव समितिको अगुवाइमा यहाँका धार्मिक तथा सामाजिक संघसंस्थाहरुको समेत सहभागितामा रथयात्रा हुँदै आएको थियो । यसले दमकको पहिचान स्थापित गरिसकेकाले यो एउटा साझा पहिचान भएको राधा माधव समितिका अगुवा तथा सामाजिक ब्याक्तित्व काँशि खातीले बताए । उनले सबैलाइ सहभागिताकालागि अनुरोध पनि गरे ।

 

श्रीकृष्ण रथयात्रा समिति दमकको संयोजन र दमक नगरपालिकाको संरक्षकत्वमा रथयात्रा हुँदैछ । यो पटक सधैको ठाँउ परिवर्तन भएर राधाकृष्ण मन्दिरबाट रथयात्रा निस्कने छ । रथयात्राका अर्थ संयोजक रोहित आचार्यका अनुसार कम खर्चिलो र भडकिलो यहाँको पहिचान भएको बताए । सामाजिक संघसंस्था र ब्याक्तिहरुको यसमा उल्लेख्य सहयोग एवं साथ रहेको उनको भनाइ छ ।

यस्तो छ रथयात्राको रुट

राधाकृष्ण मन्दिरबाट शुरु भएर हनुमान मन्दिर रोड, पशुहाटमार्ग, गणतन्त्रचौक भएर फर्निचर लाइन, पशुपति मन्दिर, शंखधरचोक, आइएमओ रोड, भृकुटीचोक, भानुभक्त चोक, फाल्गुनन्द चोक, दमक नगरपालिकाहुदै राधाकृष्ण मन्दिरमा नै आएर रथयात्रा समापन हुनेछ ।

पत्रकार सम्मेलन

विहिबार यस बिषयमा पत्रकार सम्मेलन गरिएको थियो । प्रचार उपसमिति संयोजक धु्रव न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रथयात्रा समितिका अध्यक्ष मानबहादुर बुढाथोकी सहितले रथयात्रा सफल बनाउन सबैलाइ सहयोगका लागि अनुरोध गरेका थिए ।

यस्तो छ काम बाँडफाँड

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु