दमक/दमक र आसपासको क्षेत्रलाय मुख्य आधार बनाएर सामाजिक कार्यत्रमा अनुकरणिय काम गर्दै आएको रोटरी क्लब अफ दमक र रोट्रयाक्ट क्लब अफ दमकले परिवारको साहाराबाट अलग्गीएर बृद्धाश्रममा बसोबास गर्दै आएका जेष्ठ नागरिकहरुसंग तीज मनाएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरेर झापाको दमक ४ स्थित रत्ना जेष्ठ नागरिक बृद्धाआश्रम सेवा केन्द्रका बृद्ध बृद्धाहरुसंग नाँचगानसंगै खानपान गरेर तीजलाइ फरक रुपमा मनाएको हो ।
रोटरी क्लब अफ दमकका अध्यक्ष दिपु चापागाई सन्दिप का अनुसार होटल तथा कहि गएर तीजको कार्यक्रम गर्ने भन्दा परिवारबाट अलग रहेका बाआमासंग तीज मनाउने कार्य गरिएको जनाए ।
क्लवले आश्रम रहेका जेगठ नागरिकका लागि लत्ता कपडा पनि वितरण गरेको थियोृ । यस्तो कार्यलाइ निरन्तरता दिने र आफुले आफ्नो कार्यकालमा असाहयहरुको क्षेत्रमा धेरै काम गर्ने सोत रहेको चापागाइले जनाए । कार्यक्रमको औपचारिक सञ्चालन क्लवका सचिब झलराज गौतमले गरेका थिए ।











