दमक / ज्ञाननाथ पौड्याल (ज्ञानु) एक उदयमान ब्यवसायी हुन् ।

झापाको दमकमा पछिल्लो समयमा एक सफल ब्यवसायी एवं सामाजिक युवाको रुपमा पहिचान बनाउदै आएका पौड्याल दमक उद्योग बाणिज्य संघको निर्वाचनमा तृतिय उपाध्यक्षको उम्मेदवार बनेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रगतीशिल समुहको तर्फबाट तृतिय उपाध्यक्षमा बनेका उनि अहिले संघको कार्य समिति सदस्य रहेकाछन् । उनि युवा सहकारीकर्मी पनि हुन् । द एभरेष्ट सहकारी संस्थाको पदाधिकारीको रुपमा रहेकाछन् ।

लायन्स क्लव अफ लखनपुरका अध्यक्ष समेत रहेका पौड्यालले संघलाइ ब्यवसायीहरुको साझा संस्थाको रुपमा विकास गर्दै यहाँका ब्यापारीहरुका लागि गौरव गर्न लायक बनाउने उदेश्य रहेको बताउछन् ।

आफु हिजो पनि ब्यवसायीमाझ रहेको र अब पनि रहने बताउदै यस पटक ब्यवसायीहरुले बिगतको कामको मूल्यांकन गर्नेमा आशाबादी रहेको बताउछन् । सबै ब्यवसायीको साझा बन्ने आफ्नो प्रण रहेको उनि बताउछन् । बिमल खतिवडा अध्यक्ष रहेको प्रगतीशिल प्यानल वाणिज्य संघको मुहार फेर्ने उनको दाबी छ ।

ब्यवसायीहरुलाइ घरभाडाको बिषयमा आउने समस्या सामधानमा अग्रसर हुने र कर शिक्षामा बढि जोड दिएर करका समस्या सामधान गर्नेतर्फ आफु लाग्ने प्रतिबद्धता उनको छ ।