बिहार सरकारले रक्सीपछि अब पान मसलामा पनि प्रतिबन्ध लगाएको छ । मानव स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै नीतीश कुमारको सरकारले यस्तो फैसला लिएको हो ।

बिहारमा हर किसिमका पान मसलामाथि राज्य सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो । नीतीश कुमारको सरकारले पान मसलामा १२ महिनाको लागि प्रतिबन्ध लगाएको हो ।

शुक्रबार बसेको स्वास्थ्य विभागको उच्चस्तरीय बैठकपछि यो निर्णय लिइएको हो । यसअनुरुप अब बिहारमा पान मसलाको बिक्री, उत्पादन, भण्डारण, सेवन र ओसारपसारलाई अवैध मानिनेछ ।

बिहारका विभिन्न जिल्लामा प्राप्त पान मसलाको नमुना परीक्षणका क्रममा म्याग्नेसियम कार्बाेनेटको मात्रा पाइएपछि प्रतिबन्ध लगाइएको हो । म्याग्नेसियम कार्बोनेटबाट मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका समस्या निम्तिने गर्दछ ।

बिहार सरकारले तीन वर्षअघि रक्सी पूर्ण रुपमा प्रतिबन्ध गरेको थियो भने अहिले आएर पान मसलामा पनि प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah