दमक/ झापा दमकका रिक्सा तथा टेम्पो श्रमिकहरुले अनाथ बालबालिकाहरुसंग तीज बनाएकाछन् । झापाको दमकस्थित अखिल नेपाल बिद्यूतीय रिक्सा तथा टेम्पो श्रमिक संघले भब्य रुपमा हाम्रो बालश्रममा तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
संघका कोषाध्यक्ष मातृका पौड्यालका अनुसार श्रमिकहरुले पहिलो पटक यसरी बालश्रम गएर तीज विशेष कार्यक्रम मनाईएको हो । सो अवसरमा नाँचगान तथा मिठोमसिनो खाएर तीज कार्यक्रम मनाईएको थियो ।
यसैगरी सोहि अवसरमा इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञ शर्माले ट्राफिक नियमको पालनाको बिषयमा जानकारी गराएको संघका सघका सदस्य किरण भण्डारीले बताए ।
सोहि अवसरमा कपडा वितरण गरिएको समेत जनाईएको छ । सघका अध्यक्ष खगेन्द्र दाहालका अनुसार यस संघमा ७० भन्दा बढि श्रमिकहरु आवद्ध रहेकाछन् ।











