पाँच चिनियाँ नागरिकले नेपाल आएको भोलिपल्टै (शनिबार) नविल बैंकको एटिएमबाट ठूलो रकम चोरी गरेपछि नेपालको वैकिंङ क्षेत्रमा आइतवार ठूलै खैलाबैला मच्चियो ।

यस चोरीको घटनाले बैंकका ग्राकहरु चिन्तित भइरहेका बेला नक्कली कार्ड प्रयोग गरेर एटिएमबाट पैसा चोरी भए पनि ग्राहकको पैसा सुरक्षित रहेको राष्ट्र बैंकले जानकारी गराएको छ । पैसा चोरी गर्दा खातामा नपुगी एटिएममा रहेको पैसामात्र निकालेकाले ग्राहकको पैसा सुरक्षित रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिएका छन् ।

‘ग्राहकको पैसा सुरक्षित छ,’ उनले भने, ‘चोरले केही बैंकको एटिएममा मात्र भएको पैसा चोरी गरेको देखिएको छ ।’ शनिबारसम्मको तथ्यांक अनुसार बिभिन्न बैंकहरुको एटिएमबाट करिब एक करोड २१ लाख रुपैयाँ चोरी भएको छ ।

यो नक्कली भिसा कार्डमार्फत एटिएमबाट पैसा चोरी गर्ने व्यक्तिहरुबाट बरामद भएको रकम हो । शनिबार प्रहरीले रकम चोरी गर्ने पाँच जना चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।

नेपाली एटिएमबाट अनधिकृत रुपमा रकम चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गर्दैछ । उनीहरु शनिबार मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।

एटिएमबाट रकम चोरी कार्यमा संलग्न ठूलै गिरोह सक्रिय रहेको आंशकामा अधिकांश एटिएम मेशिन बन्द गरेको छ । उता राष्ट्र बैंकले भने सबै एटिएम बन्द नभएको दाबी गरेको छ । राष्ट्र बैंकका अनुसार सुरक्षाका कारणले केही बैंकले एटिएम सञ्चालनमा रोक लगाए पनि बाँकी बैंकका खुलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah