दमक/ झापा दमकका बिभिन्न लायन्स क्लवहरुले संयुक्त रुपमा रक्तदान गरेकाछन् । लायन्स क्लव स्टर्न लायन, गोल्ड, लखनपुर, बेलसिटी,युनाइटेड र लियो स्टर्न लायनको आयोजनामा रक्तदान भएको हो ।

लायन्सकर्मी नबिन ताम्राकारका अनुसार १ सय १४ जनाले सो अवसरमा रक्तादन गरेका थिए । रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा दमकको मुख्य गणतन्त्र चोकमा रक्तदान भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लायन्स क्लव अफ गोल्डका अध्यक्ष काशि खातीको अध्यक्षतमा कार्यक्रम भएको थियो । लायन्स लिडर बबरजंग थापा, अजय अग्रवाल सहितका लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो । लायन्स क्लवहरुले रक्तदान अभियानलाइ निरन्तर अघि बढाइरहेकाछन् ।