दमक/ झापा दमकका युवा राजनीतिकर्मी ढुन्डिराज भण्डारीले क्षेत्रिय सभापतिको जिम्मेवारी पाएकाछन् ।
नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन बमोजिम पार्टीको क्षेत्रीय कार्य समिति समायोजन र गठन निर्देशिका अनुसार नेपाली कांग्रेस झापा क्षेत्र न ५ (साबिक ६र ७ ) को क्षेत्रिय सभापतिमा सर्ब सम्मत भण्डारी चयन भएका नेपाली काँग्रेसका नगरका नेता दीपेश दाहालले बताए ।
यसभन्दा अगाडि भण्डारी साबिक क्षेत्र न ७ का सभापति रहेका थिए । दूइवटा क्षेत्र एउटै भएपछि दुइ वटा सभापति रहेकामा अब भने भण्डारीले यो जिम्मेवारी पाएकाछन् ।

क्षेत्रिय सभापति भण्डारी । फोटो-विष्णुप्रसाद पोखरेल



