एजेन्सी– भारतको चन्द्रयान २ को मिसनले लिएको पहिलो तस्विर सार्वजनिक भएको छ । चन्द्रयान २ मिसन चन्द्र सतहमा अवतरण गर्ने क्रमसँगै त्यहाँबाट लिइएको पृथ्वीका अलग–अलग तस्विरहरु इसरोले सार्वजनिक गरेको छ । यी तस्विरहरु इसरोको ट्वीट अकाउन्टमा राखिएका छन् । ट्वीटमा तस्विर सार्वजनिक गरिएलगत्तै लेखिएको छ, ‘चन्द्रयान २ अभियानमा विक्रम ल्यान्डरले खिचेका सुन्दर तस्विरको पहिलो सेट ।’

यी तस्विर चन्द्रयान २ ले ३ अगस्त २०१९ को बिहान ५ बजेर २८ मिनेटमा लिएको थियो । भारतको यो चन्द्रयात्राको दोश्रो मिसन हो । भारतले यो मिसन त्यस्तो बेलामा सुरु गरेको छ, जतिबेला अपोलो ११ को चन्द्र मिसनको ५० औं वर्षगाठ मनाइरहिएको छ । भारतको यो चन्द्रयान २ मिसन चन्द्रमाको दक्षिण धुर्वमा सेप्टेम्बर ७ अर्थात शनिबार अवतरण गर्दैछ । वैज्ञानिकहरुका अनुसार चन्द्रमाको यो क्षेत्र निकै अप्ठ्यारो क्षेत्र हो । यद्यपि, यहाँ पानी र जीवको सम्भावना रहन सक्ने उनीहरुको आँकलन छ ।

चन्द्रयान अभियानको ३ चरण रहेको छ । पहिलो आर्बिटर, जो चन्द्रमाको कक्षमा चक्कर लगाउँछ । मिसनले यो चक्र पुरा गरिसकेको छ । दोश्रोलाई विक्रम ल्यान्डरको नाम दिइएको छ, जो चन्द्रमाको सतहमा उतारिन्छ । तेश्रो विक्रम चन्द्र सतहमा उत्रिएलगत्तै प्रज्ञान नामको रोबर्ट त्यहाँ निस्कन्छ र सूचना प्रवाह गर्ने काम गर्छ । अहिले भारत लगायत समग्र विश्व प्रज्ञान विक्रम र प्रज्ञान रोवर्टको अवतरणको व्यग्र प्रतिक्षामा रहेको छ । अबको केही घण्टामा भारतको चन्द्रयान २ अभियानको मिसन चन्द्र धरातलमा अवतरण भएसँगै पुरा हुँदैछ ।

चन्द्रयान २ मिसन चन्द्रमामा सफल अवतरण गर्ने दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका शीर्ष नेतृत्वले इसरोको कार्यालयबाट त्यसको प्रत्यक्ष प्रसारण हेर्नेछन् । प्रधानमन्त्री मोदीसँग ६० जनाभन्दा बढी छात्रछात्रहरु पनि रहनेछन् । उनीहरुले पनि प्रधानमन्त्री मोदीसँगै चन्द्रयान २ मिसन पुरा भएको दृष्य इसरो मुख्यालयबाट नियाल्नेछन् । शुक्रबार प्रधानमन्त्री मोदीले एक ट्वीट गर्दै विश्वको वैज्ञानिक जगतलाई भारतले आफ्नो चन्द्रयान २ अभियानमार्फत तागत देखाइदिएको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah