दमक भदौ २६ / लायन्स क्लब अफ दमक युनाइटेडले बाल आश्रमलाई १ सय तिन दिन खाधान्न सहयोग गरेको छ । झापा दमकमा रहेको दमक युनाइटेडले आफ्ना सचिव साजन श्रेष्ठको जन्मदिनको अवसर पारेर दमक २ मा संचालनमा रहेको हाम्रो बाल आश्रमलाई १ सय तिन दिनमा लाग्ने खाधान्न सहयोग गरेको छ । क्लबले मंगलबार एक कार्यक्रम गरी आश्रमकी कर्मचारी नमिता बुढाथोकीलाई चामन, सब्जी, बिस्कुट लागायतका सामान बितरण गरेको हो ।

अध्यक्ष सन्दिप बस्नेतका अनुसार लायन्स क्लब इन्टरनेस्नल स्थापनाको १ सय तिन वर्षमा चलिरहेकाले क्लबले आश्रमा १ सय तिन दिनमा लाग्ने खाजा र खाना को ब्यवस्था मिलाएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाम्रो बाल आसश्रममा हाल ३ जना बालीका सहित २ बालक रहेका छन् ।