दमक/ झापा दमक र उर्लाबारीका एकदर्जनभन्दा बढि क्लवहरुको मोरंगको उर्लाबारीमा शनिबार संयुक्त पदस्थापन कार्यक्रमको भब्य तयारी भएको छ ।

डिजि टिम सहित सहभागि हुने पदस्थापनको बिषयमा दमकको सबैभन्दा पुरानो लायन्स क्लव अफ माउण्ट एभरेष्टले छलफल गर्दै यसमा सक्रियता सहभागिता जनाउने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लायन्स क्लव अफ इन्टरनेशलका एरिया चिफ बबरजंग थापाले यसको तयारीको बिषयमा जानकारी गराउदै अधिकतम सदस्य सहभागिताका लागि अनुरोध गरेका थिए ।

उर्लाबारी पार्टी प्यालेसमा हुने कार्यक्रममा दमकका धेरै क्लवहरुको सहभागिता रहने.एरिया कोअर्डिनेटर अजय अग्रवालले बताए । मनोज अग्रवालको सभापतित्वमा कार्यक्रम भएको थियो ।