दमक/ झापाको दमकमा एक अनौठो शिशुको जन्म भएको छ । जस्को तालु विकसित नै नभएको पाईएको छ ।

दमकस्थित आम्दा अस्पतालमा मोरंग मधुमल्लाकी गुरास कार्कीले जन्माएको बच्चा अनौठो जन्मिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

करिब अढाइ केजीको रहेपनि टाँउको लगायत तालुको भाग विकास नभएको बताईएको छ । अस्पतालले बच्चा ठिक हुन नसक्ने भएकाले डिस्चार्ज गरेको बताईएको छ ।

भिडियो एक्स रे गर्दा पहिला तालुमा मासुको भाग नदेखिएको र पछि भरिन्छ भनेर भनेको शिशुकी आमा गुरासले बताइन् ।

लायन्स क्लवहरुको सहयोग

विपन्न उक्त परिवारलाइ दमकका लायन्स क्लवहरुले सहयोग गरेकाछन् । सुत्केरीलाइ आवश्यक पोषण सामाग्रि सहित अत्यआवश्यकीय सामाग्रिहरु प्रदान गरिएको लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानका एरिया कोअर्डिनेटर अजय अग्रवालले बताए । उनले पनि सहयोग गरेका थिए ।

लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष मनोज अग्रवाल, लायन्स क्लव अफ गोल्डका अध्यक्ष काँशि खाती, लायन्स क्लव अफ लखनपुरका अध्यक्ष ज्ञानु पौडेयाल,, लायन्स क्लव अफ श्री अन्तुका अध्यक्ष विष्णु पौड्याल, लायन्स क्लव अफ बिगबुद्धका अध्यक्ष दिवस राइ, लायन्स क्लव अफ ग्रीन सिटी कुवेर भट्टराइ र सेविकाको अध्यक्ष रीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।