दमक/झापाको दमकमा दमक नगरपालिकाले संबिधान दिवस भब्य रुपमा मनाउने भएको छ ।

यसको तयारीबारे मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ ।

दमक नगरपालिका कार्यवाहक प्रमुख गीता अधिकारीले संबिधान दिवस मनाउने तयारीबारे पत्रकारसम्मेलनमा जानकारी गराएकी थिइन् ।

पत्रकार सम्मेलनमा अधिकारीले संबिधान दिवस मनाउने सम्बन्धमा प्रस्तुत गरेको विवरण यस्तो छ

आदरणीय पत्रकारज्यूहरु ।
निरङ्कुश पञ्चायती व्यवस्था बिरुद्ध लडेर नेपाली जनताको रगतको बलिदानबाट प्राप्त नेपालको इतिहासमा प्रथम निर्वाचित जनप्रतिनिधीहरुबाट लेखन भइ संविधान सभाबाट २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान ४ बर्ष पुरा भइ पाँचौ बर्षमा प्रवेश गरेकोछ । यस अवसरमा दमक नगर कार्यपालिकाको संयोजनमा संविधान दिवश- २०७६ “संविधान दिवश तथा राष्ट्रिय दिवश हर्षोल्लासका साथ मनाऔं । घर घरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दिपावली गरौं ।” भन्ने मुल नाराका साथ भब्य रुपमा देहाय अनुसारका कार्यक्रमहरु गरी मनाउन मिति २०७६/५/३० गते निर्वाचित जनप्रतिनिधीहरु, पुर्व नगर प्रमुखहरु ,बिभिन्न राजनैतिक दलका प्रतिनिधीज्यूहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखज्यूहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, सरकारी माध्यमिक तहका प्रधानाध्यपकहरु समेतको संविधान दिवश -२०७६ मुल समारोह समितिको बैठक सम्पन्न गरियो ।बैठकले तपशिल अनुसार निर्णय गरी संविधान दिवशलाई भव्य रुपमा मनाउने निर्णय गर्यो ।

कार्यक्रमहरु :-

१.मिति २०७६असोज २,३ र ४ गते सबै सरकारी, गैर सरकारी कार्यालय तथा संघ संस्थाहरुले आ-आफ्नो कार्यालयमा र सबै नगरबासीहरुले आ-आफ्नो घरमा साँझमा दिपावली गर्ने ।

२.मिति २०७६ असोज ३ गते बिहान ७:०० बजे गणतन्त्र चौकमा मुल समारोह समितिका सबै सदस्य, दमक स्थित सबै राजनैतिक दलका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधीहरु,बिद्यालयका शिक्षक,शिक्षिका, बिद्यार्थी ,कर्मचारी, उद्योगी, व्यापारी, पत्रकार तथा नगरबासीहरु उपस्थित भइ गणतन्त्र चौक देखी दमक नगरपालिका प्राङ्गण सम्म र्यालीमा सहभागि भइ दिन अनुरोध गर्ने । सो र्यालीमा राजनैतिक दल तथा अन्य संघसंस्थाहरुले आ-आफ्नो व्यानर र राष्ट्रिय झण्डा सहित उपस्थित हुन अनुरोध गर्ने । र्यालीमा रौनकता प्रदान गर्न दमक नगरपालिकाले बाजागाजा र झाँकीको व्यवस्थापन गर्ने । र्याली समाप्त भए पश्चात सभामा परिणत हुने ।

३.मिति २०७६ असोज ३ गते साँझ सबै राजनैतिक दलका पदाधिकारीहरु, संघ संस्थाका पदाधिकारीहरु, जनप्रतिनिधीहरु तथा नगरबासीहरु गणतन्त्र चौकमा उपस्थित भइ दिपावली गर्ने ।

४. संविधान दिवश -२०७६ को कार्यक्रमको बारेमा पत्रकार सम्मेलन मिति २०७६/५/३१ गते गर्ने र प्रचार प्रसार गरि दिन अनुरोध गर्ने । सबै नगरबासीहरुको जानकारीका लागि दमक नगरपालिकाले माइकिङ्ग गर्ने गराउने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah