काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङबीच छिट्टै दोस्रो अनौपचारिक बैठक हुने भएको छ तर समय भने तोकिएको छैन ।

चिनियाँ अधिकारीहरूका अनुसार, मोदी र शीबीच कश्मीर विषयमा कुनै चर्चा हुने छैन ।

चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भनिन्, ‘उक्त भेटघाटमा कश्मीर एजेन्डा संलग्न गराइन्छ जस्तो लाग्दैन किनकि यो एक अनौपचारिक शिखर सम्मेलन हुनेछ । मोदी र शी के चाहन्छन्, उनीहरूलाई थाहा छ ।’

कश्मीर विवादको समाधानका विषयमा उनले यो भारत र पाकिस्तानबीचको द्विपक्षीय मामिला भएको बताइन् । दुवै देशले मैत्रीपूर्ण र शान्तिपूर्ण कुराकानी गरेर यसलाई समाधान गर्ने आशा गरेको पनि उनको भनाइ छ ।

चीनले पाकिस्तानको अनुरोधमा अघिल्लो महिना कश्मीर मामिलामा संयुक्त राष्ट्रसंघमा गोप्य बैठक बोलाएको थियो । त्यसमा सुरक्षा परिषद्का पाँच स्थायी सदस्य र १० अस्थायी सदस्य थिए । तर यो बैठक परिणामविहीन रूपमा टुंगिएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah