सामाजिक सञ्जाल र प्रचारप्रसारमा आक्रमक शैलीमा दमकमा मेयरका उम्मेदवार गगन पुरी लागेकाछन् । उनि दलबल सहित मत माग्न हिड्न शुरु गरिसकेकाछन् भने घरदैलो अभियानमा पनि ब्यस्त रहेकाछन् । यता राप्रपाका राम थापा पनि प्रत्येकका घर आँगनमा पुगेर आफूलाइ एकमत कुनै हालतमा मत दिन भन्दै ब्याक्तिगत प्रभाव पार्ने ध्याउन्नेमा छन् ।
उनले चुनावी प्रचारशैली फरक छ । न तडकफडक गरेकाछन् न त पर्चा पम्लेट नै । समर्थकहरुले फाट्फूट्ट रुपमा फेसबुकमा मत मागि दिएकाछन् । उनि आफै फेसबुक तथा सामाजिक सञ्जाल पनि चलाउदैन । यसकारण उनको मत माग्ने शैली र प्रभाव पार्ने कला परम्परागत नै छ ।
प्रविधि र सामाजिक सञ्जालमा पुरीको शैलीलाइ अरु कमैले भेटाउछन् । उनले गीत संगितको पनि साहारा लिएकाछन् । यो एउटा मान्छेलाइ नाम जपाउने उपयुक्त माध्यम पनि हो । दमक उद्योग बाणिज्य संघको निर्वाचनमा राजेन्द्र ढकाल प्यानलको गीत प्रभावकारी रहेको थियो । त्यसले जनमत बढाउन सहयोग पुर्याएको थियो ।
थापा सार्वजनिक कार्यक्रमहरुमा कम देखिन्छन् । उनि धार्मिक अस्त्र र चिनारीलाइ प्राथमिकता दिएर अघि बढेकाछन् । कीर्तन मण्डली देखि लिएर दमकका पुराना ब्याक्तिहरुसंगको सम्पर्कमा थापा रहेकाछन् । प्रचारको नयाँ शैलीलाइ थापाले त्यति धेरै प्राथमिकता दिएका छैनन् ।
पुरी आफ्ना वडाध्यक्षका उम्मेदवारको साहारामा रहेकाछन् । उनलाइ वडामा जान सजिलो भएको छ । तर थापाले सबै वडामा वडाध्यक्ष चयन गर्न सकेका छैनन् । वडामा अझै सहमति नहुदा मत माग्ने काममा केहि प्रभाव देखिन्छ । अब नेपाली काँग्रेस र नेकपा एमालेले कस्तो शैली अपनाउलान त्यो भने हेर्न बाँकी छ ।
बिष्णुप्रसाद पोखरेल



