नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा एक पुरुषले आफ्नी पत्नीको विभत्स ढंगले हत्या गरेका छन् । हत्यापछि ती पुरुष आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेको बताइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार प्रेम नगर क्षेत्रमा घटना भएको हो । ३३ वर्षीय आशुले पत्नी सीमाको हत्या गरेका हुन् । पत्नीको चरित्रमा शंका गर्दै आएका आशुले विवादकै क्रममा पत्नीको हत्या गरेको बताइएको छ ।

आशु र सीमाबीच दैनिकजसो विवाद हुन थालेपछि आशुकी आमाले उनीहरुलाई केही अघि घरबाट निकालिदिएकी थिइन् । डेरामा बस्दै आएका उनीहरुका तीन सन्तानसमेत छन् ।

शनिबार साँझ पत्नीलाई फकाएर आशुले आमाको घर लगेका थिए । सोही घरमा उनले पत्नीको हत्या गरेका हुन् ।

हत्यापछि उनी आफैं प्रहरी कार्यालय पुगेर आफूले पत्नीको हत्या गरेको बताएका थिए । प्रहरीले उनको कुरालाई सुरुमा विश्वास गरेको थिएन । तर उनले नै घटनाको विवरण खुलाउँदै आफूले हत्या गरेको बताएपछि एक प्रहरीलाई घरमा हेर्नका लागि पठाइएको थियो ।

प्रहरी पुग्दा घरमा शव क्षत विक्षत अवस्थामा सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको बताइएको छ । घरमा रहेका अन्य सदस्य भने फरार भएको प्रहरीको भनाइ छ ।

हत्यापछि सीमाको शवलाई आफूले टुक्रा टुक्रा पारेको बयान आशुले प्रहरीसमक्ष दिएका छन् । उनले हत्या लगत्तै आफूले सासुलाई फोन गरेर घटनाबारे जानकारी दिएको तर सासुले आफ्नो कुरा नपत्याएको पनि बताएका छन् ।

आशुको सासुलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार उसले आफ्नै पत्नीको त्यसरी हत्या गरेको होला भन्ने विश्वास लागेको थिएन । तर छोरीको मोबाइलमा फोन गर्दा नउठेपछि शंका लागेर घरमा गएको उल्लेख गर्दै उनले भनिन्, ‘हामी त्यहाँ पुग्दा आशुले प्रहरी समक्ष आत्मसमर्पण गरिसकेको रहेछ, प्रहरीसमेत घरमा आइसकेको थियो ।’ इमेजखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah